Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

घुसको साढे २४ लाखसहित भक्तपुर मालपोतका दुईजना कर्मचारी अख्तियारको फन्दामा

घुसको साढे २४ लाखसहित भक्तपुर मालपोतका दुईजना कर्मचारी अख्तियारको फन्दामा

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।

मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ।

उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको छ । अख्तियारले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077