काठमाडौं । सशस्त्र प्रहरी बलको नम्बर १५ गण, काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही गरिएको छ ।
संगठनको नीति विपरीत अधिक जनशक्तिलाई बिदामा पठाएको, विपद्को बेला जनशक्ति परिचालनमा लापरवाही देखिएको र मातहतप्रति दुर्व्यवहार गरेको आरोपमा उनीमाथि अनुशासनात्मक कारबाही भएको हो ।
स्रोतका अनुसार एसपी प्रसाईलाई चितवनस्थित गढीमाई बाहिनीले सोमबार नसियत दिएको छ । सरुवा भएर झापाको पाथीभरा जवान तालिम शिक्षालय जान लागेका प्रसाईँलाई चितवनस्थित गढीमाई बाहिनीले चार दिनअघि नै तानेको हो ।
उक्त तालिम शिक्षालयमा प्रमुखको जिम्मेवारी एसएसपी तहका अधिकृतले सम्हाल्ने भएपनि उनलाई त्यहीँ पठाइएको छ । उता, काभ्रे गणको नेतृत्व अब एसपी माधव रेग्मीले सम्हाल्ने छन् ।