Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कल्याणपुर नगरपालिकाका मेयर एकलाख घुससहित कार्यालयबाटै पक्राउ

कल्याणपुर नगरपालिकाका मेयर एकलाख घुससहित कार्यालयबाटै पक्राउ

बुधवार , आषाढ ३२, २०८२

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

अख्तियारका अनुसार, मेयर साहले नगरपालिकाको २० लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए।

कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेर राखेका थिए। अख्तियार स्रोतका अनुसार, पटक(पटकको वार्तापछि मेयरले चेक काट्नुअघि पहिलो किस्ताबापत १ लाख रुपैयाँ र चेक साटिएपछि बाँकी रकम बुझाउन दबाब दिएका थिए।

सोही उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको थियो। सोही रकम लिँदै गर्दा अख्तियारको टोलीले मेयर साहलाई रंगेहात नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077