Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मनोज भेटवाललाई मिटरब्याजमा पैसा लगाएको आरोपमा पक्राउ परेका बराल पनि छुटे

मनोज भेटवाललाई मिटरब्याजमा पैसा लगाएको आरोपमा पक्राउ परेका बराल पनि छुटे

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । ठेकदार मनोज भेटवाललाई मिटरब्याजमा पैसा लगानी गरेको आरोपमा पक्राउ परेका राजकुमार बराल पनि छुटेका छन् ।

उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । अदालतले थुनामा राख्न म्याद नदिएपछि उनी छुटेका हुन्।

यसअघि बरालकै जाहेरीका आधारमा ठेकदार भेटवाल पक्राउ परेका थिए । अनुसन्धान नै नसकी भेटवाल सेटिङमा छुटेका थिए। पक्राउ परेलगत्तै केही उच्च प्रहरी अधिकारीसँग मिलेर बरालविरुद्ध उनले मिटरब्याजको उजुरी गरेका हुन् । बराल पनि शक्ति प्रयोग गरी छुटेका छन् ।

गत १३ असारमा प्रहरीले भेटवाललाई पक्राउ गरेको थियो। करिब ६ दिन थुनामा बसेपछि उनी छुटेका थिए। अस्पतालमा बसेर छुटेका भेटवालले त्यसपछि गृहमन्त्रीका सहयोगी र उच्च प्रहरी अधिकारीसँग भेटेर आफु मिटरब्याजमा फसेको गुनासो गरे ।

प्रहरी अनुसन्धानको क्रममा भने उनले कागज गरेरै चेक दिएको देखिन्छ । प्रहरीसँग मिलेर उनले पनि पैसा नतिर्न मिटरब्याजको उजुरी दिएको जस्तो देखिने परिसरका एक प्रहरी अधिकारी बताउँछन् ।

मिटरब्याजको काम गर्ने बराल पनि प्रहरी अधिकारीसँगै मिलेर भेटवाललाई थुनाएर पैसा उठाउने प्रयासमा छन् । दुवै जनाको पहुँचका कारण काठमाडौं परिसरका प्रहरी दोहोरो दबाबमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077