Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दुई पद थपेर एसएसपी बढुवाको गृहकार्य

दुई पद थपेर एसएसपी बढुवाको गृहकार्य

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । नेपाल प्रहरीमा करिब दुई महिनादेखि रोकिएको एसएसपी बढुवा अब साउन लागेपछि मात्र अघि बढ्ने भएको छ । रिक्त रहेका एसएसपी, एसपी र डीएसपी पदमा एकैपटक सिफारिसको तयारी छ ।

प्रहरी नियमावलीअनुसार ७ साउनभित्र बढुवा सिफारिस हुन नसकेपनि असोजपछि मात्र बढुवा गर्न मिल्छ । त्यसपछि आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङकन समेत जोडेर बढुवा गर्नुपर्ने हुन्छ ।

हाल एसएसपीका ११ रिक्त पद छन् । जसमा बढुवाका लागि ३३ एसपीबिच प्रतिस्पर्धा छ । सबै आकांक्षीहरु शक्तिशाली भएकाले ३३ जनाबाट ११ जना छान्न कठिन भइरहेको छ । जसकारण केही दरबन्दी थपेर पछिल्लो समय बढुवाको गृहकार्य भइरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा हालै स्थापना भएको आर्थिक अपराध अनुसन्धान महाशाखामा एक एसएसपीको दरबन्दी थप्ने प्रयास भइरहेको छ ।

जहाँ त्यही कार्यरत एसएसपी होबिन्द्र बोगटीलाई जिम्मा दिइएको छ । त्यहाँ एसएसपीको नयाँ दरबन्दी थपका लागि गृह मन्त्रालयले फाष्ट ट्रयाकमा प्रक्रिया अघि बढाइसकेको छ ।

त्यस्तै, प्रहरीको एमटी शाखाको एसएसपीको पदलाई पनि प्रशासनतर्फ स्थानान्तरण गरेर बढुवाको प्रयास भइरहेको छ । यसरी दुई पद थपिदा १३ जना बढुवा हुनेछन् ।

बढुवाका लागि तीन टोली एसपीबिच प्रतिस्पर्धा छ । बढुवामा सबैभन्दा जुनियर एसपीहरु पहुँचका दृष्टिकोणले शक्तिशाली भएकाले निर्णय हुन नसकेको हो ।

गृहमन्त्री रमेश लेखक कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्ने भन्दै जुनियरलाई तान्ने प्रयासमा छन् । त्यसो गर्दा सिनियरलाई अन्याय हुने भएकाले मिलाएर बढुवा गर्नुपर्ने पक्षमा आईजीपी छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जेष्ठताका आधारमा बढुवा गर्न भनेका छन् । तर, कुरा मिलेको छैन ।

ज्येष्ठताका आधारमा विमल बस्नेत र प्रकाश रानाभाट कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशराज काफ्ले अगाडि छन् ।

उनीहरुमध्ये केही कारबाहीमा परेका अघिकारी हुन् । त्यस्तै, अमरेन्द्र सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिमल्सिना र रमेश पण्डित पनि बढुवाका दाबेदार छन् ।

जुनियर रहेका जनकबहादुर शाही, चक्रराज जोशी, श्यामसिंह चौरधी, पदमबहादुर बिष्ट र योगेन्द्रसिंह थापालाई जसरी पनि बढुवा गर्न गृहमन्त्री लागेका छन् ।

केही एसपीहरु भने पैसा बुझाएर बढुवा हुने चलखेलमा लागेका छन् । एसपी वीरेन्द्र शाही हालै काठमाडौं आएर बढुवाका लागि सेटिङ मिलाएर तनहुँ फर्किएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077