Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भूमि व्यवस्थामन्त्री अधिकारीले ३२ लाख घुस लिएको आरोप, अडियो सार्वजनिक

भूमि व्यवस्थामन्त्री अधिकारीले ३२ लाख घुस लिएको आरोप, अडियो सार्वजनिक

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकासमन्त्री बलाराम अधिकारीसम्बन्धी विवादित अडियो सार्वजनिक भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस प्रकरणमा राजीनामा दिएको एक दिन नबित्दै मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोप लगाइएको अडियो सार्वजनिक भएको हो ।

११ मिनेट ४६ सेकेन्ड लामो अडियोमा मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोप लगाइएको छ । झोलामा हालेर मन्त्रीको सरकारी निवासमा रकम बुझाइएको दाबी गरिएको उक्त अडियोमा घुसको व्यवस्थापन मन्त्रीका छोरा मनोज अधिकारीले विदेशबाट फर्किएर गरिरहेको भनिएको छ ।

अडियोमा दुईदेखि तीन व्यक्तिबीच संवाद भएको सुनिन्छ, जसमा पोखरा महानगरपालिकास्थित १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने सर्तमा रकम लिइएको उल्लेख छ ।

भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, गुप्ता र मन्त्री अधिकारीसहित पाँचजनालाई उक्त प्रकरणमा संलग्न देखाइएको छ।

अडियोमा निवर्तमान मन्त्री गुप्ताले ‘बलाराम अधिकारीले पैसा त लिइसके, अब त्यो काम गर्ने छैनन्’ भन्ने उल्लेख छ, जसले अडियोको गम्भीरता झनै बढाएको छ।

तर, अडियोको सत्यता र वैधानिकता पुष्टि भइसकेको छैन । यसबारे मन्त्री अधिकारी वा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077