Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काठमाडौंबाट २ करोडभन्दा बढीको अवैध सामानसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंबाट २ करोडभन्दा बढीको अवैध सामानसहित चिनियाँ नागरिक पक्राउ

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रबाट करिब २ करोड २० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिक यु वाङलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वाङले ल्यापटपका पाटपुर्जा, ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरा लगायतका सामग्रीहरू अवैधरूपमा भित्र्याई बिना बिल-बिजक भण्डारण तथा बिक्री वितरण गर्दै आएका थिए।

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले २०७८ असार ३१ गते पुरानो सिनामंगलको पञ्चमुखी चोकस्थित पाँच तले घरमा छापा मारेको थियो। सो स्थान वाङले कुनै पनि सरकारी इजाजतपत्र वा संस्था दर्ता नगरी भाडामा लिएका थिए।

सोधपुछका क्रममा वाङले विभिन्न कम्पनीका कच्चा सामग्रीहरू प्रयोग गरी अवैध उत्पादन तथा प्रशोधन गरी राजस्व छली गर्दै बिक्री वितरण गर्दै आएको प्रहरीको भनाइ छ । उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन, ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077