Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्लाहीबाट झन्डै ५९ लाख बराबरको अवैध सामान बरामद

सर्लाहीबाट झन्डै ५९ लाख बराबरको अवैध सामान बरामद

मंगलवार , श्रावण २०, २०८२

सर्लाही । बिरगंजबाट सिराहातर्फ जाँदै गरेको ट्रकबाट झन्डै ५९ लाख रुपैयाँ बराबरको शंकास्पद सामान बरामद गरिएको छ ।

सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोस्टमा मंगलबार बिहान ११ः१५ बजे इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट सई सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले ना ४ ख २४७१ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ट्रकमा लोड गरिएको औषधि, काजु, टेप, मोबिल, धनियाँ, बेसार, स्पेयर पार्ट्सलगायत विभिन्न प्रकारका खुद्रा सामानहरूको बिल–बिजक शंकास्पद पाइएपछि उक्त ट्रकसहित सामान नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामानको अनुमानित मूल्य करिब ५८ लाख ९१ हजार ८७४ रूपैयाँ रहेको छ । नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077