काठमाडौं । थाइल्यान्डबाट तस्करी गरी ल्याइएको सात किलो आठ सय ग्राम सेतो हेरोइन बरामद भएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतीय नागरिक फिरोज अहमदलाई चार किलोसहित १६ साउनमा र क्रुनाल भेललाई तीन केजी आठ सय ग्रामसहित १८ साउनमा विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ ।
बरामद लागुऔषधको अवैध बजार मूल्य करिब १६ करोड भएको ब्युरोले जनाएको छ । दुवैलाई विमानस्थलको अराइभल एरियाबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान थालेको छ ।