Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तरीमा गोली चल्यो : तस्कर समूहका एक जनाको मृत्यु, इन्सपेक्टरसहित दुई घाइते

सप्तरीमा गोली चल्यो : तस्कर समूहका एक जनाको मृत्यु, इन्सपेक्टरसहित दुई घाइते

बुधवार , श्रावण २१, २०८२

सप्तरी । भारत सीमा नजिक मदिरा तस्करी नियन्त्रणका लागि गरिएको सर्च अपरेसनमा प्रहरी र स्थानीयबीच झडप हुँदा गोली लागेर एक व्यक्तिको ज्यान गएको छ । राजगढ गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, गए राति मदिराको ठूलो तस्करी भइरहेको सूचनाका आधारमा सर्च अपरेसन चलाउँदा स्थानीयले प्रहरीलाई घेराबन्दी गर्दै ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको थियो ।

प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । गम्भीर घाइते अवस्थामा उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्च अपरेसनका क्रममा प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै मदिरा तस्करीमा संलग्नहरूको आक्रमणबाट प्रहरी इन्सपेक्टर वीरेन्द्रकुमार यादव र सहायक हबलदार सिकेन्द्र थारु घाइते भएका छन् ।

चार दिनअघि मात्रै प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गर्दै हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077