Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिममा भौतिक पूर्वाधारमा ऐतिहासिक उपलब्धि, यस्तो छ मन्त्री पालको एक वर्षे 'रिपोर्ट कार्ड' !

सुदूरपश्चिममा भौतिक पूर्वाधारमा ऐतिहासिक उपलब्धि, यस्तो छ मन्त्री पालको एक वर्षे 'रिपोर्ट कार्ड' !

बुधवार , श्रावण २१, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालले पदभार सम्हालेको एक वर्ष पूरा भएको छ । सोही अवसरमा उनले एक वर्षका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

उपलब्ध सीमित स्रोत, साधन र जनशक्तिको उच्चतम उपयोग गर्दै सरोकारवाला सबैको अर्थपूर्ण सहभागिताले उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको उनको दाबी छ ।

मन्त्री पालका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशभरका पूर्वाधार योजनाहरूमा संरचित ढंगले काम गरी सकारात्मक परिणाम हासिल गरिएको छ। मन्त्री पालले सार्वजनिक गरेका उपलब्धी अनुसार गत आर्थिक वर्षमा १०६.२ कि.मि. कालोपत्रे सडक, १०२.८ कि.मि. ग्रावेल सडक तथा १४७.१६ कि.मि. माटे सडक निर्माण सम्पन्न गरिएको छ ।

त्यस्तै, ६ वटा पक्की पुल पनि निर्माण सम्पन्न भएका छन् । यस्तै प्रदेशस्तरीय संरचित योजना अन्तर्गत प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत भएको र यसमा ७० प्रदेश लोकमार्ग, ११९ सहायक मार्ग र १९० विशेष उद्देश्यका सडक समावेश गरिएको मन्त्री पालले जानकारी दिए ।

गत वर्ष प्रदेश सरकारले ८५ वटा बहुवर्षीय योजना अघि बढाएको छ, जसमा ८३ वटा आयोजनामा बहुवर्षीय ठेक्का आह्वान भइसकेको छ । विश्व बैंकको सहयोगमा कैलाली र कञ्चनपुरका दुई महत्वपूर्ण सडक आयोजना निर्माणको चरणमा छन् ।

अपर सुर्नायागाड र नौगाड जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिएको छ । जल व्यवस्थापनको सन्दर्भमा ३२ वटा डिप ट्युवेल जडान गरिएको र २६.८३४ कि.मि. तटबन्ध निर्माण गरी ३७.५ हेक्टर जमिनको संरक्षण गरिएको छ।

नयाँ तथा मर्मत गरिएका सिंचाइ योजनाबाट कुल १३,९४७.४ हेक्टर जमिन सिंचित हुने अवस्था पुगेको मन्त्रीको भनाइ छ। यसले कृषि उत्पादनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

१७३ खानेपानी योजना सम्पन्न भई ८३ हजार ५८५ जनाले आधारभूत र १९ हजार २८७ जनाले मध्यमस्तरको सेवा पाएका छन् । ८४१ इन्टेक, ४ डिप ट्युवेल, ५१६ पानी पोखरी तथा २१३३ कि.मि. पाइपलाइन जडान गरिएको पनि मन्त्री पालले जानकारी दिए ।

१३ अर्ब ३८ करोड बराबरको खानेपानी पूर्वाधार सुधार परियोजना संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा कार्यान्वयनमा रहेको छ ।

यसैगरी, जनता आवास कार्यक्रमअन्तर्गत ११० वटा आवास निर्माण सम्पन्न गरिएको छ । त्यस्तै, ६ वटा सरकारीरसामुदायिक भवन, १० खेलमैदान, ३ पार्क र २ वटा कवर्ड हल पनि निर्माण सम्पन्न भएका छन्।

प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८१ को दोस्रो संशोधन मस्यौदा स्वीकृत भएको र यातायात कार्यालयमार्फत १ अर्ब ७ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरिएको मन्त्री पालले बताए ।

मन्त्री पालले आगामी आर्थिक वर्ष २०८२र८३ लाई अझ प्रगतिशील र प्रभावकारी बनाउन सबै सुदूरपश्चिमबासीको सल्लाह र सुझावको अपेक्षा राखेका छन् । “आम नागरिकको आशा र विश्वासप्रति सधैं उत्तरदायी रहने छु,” उनले भने ।

यस्तो छ मन्त्री पालको एक वर्षे उपलब्धि :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077