Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

युएई पठाइदिन्छु भन्दै १२ लाखबढी रकम ठगी, दुई जना पक्राउ

युएई पठाइदिन्छु भन्दै १२ लाखबढी रकम ठगी, दुई जना पक्राउ

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ३६ वर्षीय नर बहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका-२ बस्ने पाँचथर फिदिम नगरपालिका-१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।

उनिहरु मध्ये नर बहादुरले दुई जना पीडितहरूबाट १ लाख रुपैयाँ र उमेशले दुई जना पीडितहरूबाट ११ लाख ५९ हजार रुपैयाँ लिएको भन्ने उजुरीको आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

नर बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट र उमेशलाई टोखा नगरपालिका-२ बाट पक्राउ गरेको छ ।

दुवैमाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077