विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा मंगलबार चलाइएको हस्ताक्षर अभियानमा सहभागी हुन आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति सुनसरीको वराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय अर्थराज कोइराला हुन्।
सुनसरी जिल्ला अदालतले बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका कोइराला अदालतको आदेशपछि फरार थिए ।
अदालतले उनलाई दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो।
स्थानीय ११ वर्षिया नावालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय अर्थराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
नावालिकाको परिवारका सदस्यको किटानी जाहेरीका आधारमा कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कोइरालालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको छ ।
उनी केहिसमय अघि मात्रै नेपाल आएका हुन् ।५५ वर्षीय कोइराला अमेरिकाको टेक्सासमा बस्दै आएका थिए । उनी अमेरिकामा पनि रास्वपाबाटै ड्यासपोरा राजनीतिमा पनि संलग्न थिए।
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध यही वैशाखमा मुद्दा दर्ता भएको थियो ।
त्यसबेला प्रारम्भिक अनुसन्धानपछि धरौटीमा रिहा भएका उनलाई अन्तिम फैसलमा अदालतले दोषी ठहर गरेको थियो ।
गत असार ३२ गते अदालतले उनलाई कसुरदार ठहर गरे पनि उनी समातिएका थिएनन्।
उनलाई अहिले अदालतको आदेशअनुसार साजय भुक्तानका लागि सुनसरी पठाइएको छ
उनी लामिछानेको समर्थनमा विराटनगर–३ स्थित रास्वपाको पार्टी कार्यालयमा आयोजित हस्ताक्षर सङ्कलन कार्यक्रममा सहभागी हुन गएका बेला पक्राउ परेका हुन्।