Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गुण्डा नाइके सानुभाइसहित ४ जनाको पाँच दिन म्याद थप

गुण्डा नाइके सानुभाइसहित ४ जनाको पाँच दिन म्याद थप

बुधवार , श्रावण २१, २०८२

काठमाडौं। ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाको २६ साउनसम्म हिरासतमा रहने गरि म्याद थप गरिएको छ ।

दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले २६ साउनसम्म हिरासतमा राख्न अनुमति दिएसँगै पक्राउ परेका चारै जनाको म्याद थप भएको हो ।

१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।

झगडा गरेको आरोपमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोप लागेका सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।

युवराज र राजेन्द्र दुवै जना ठमेलमा गुण्डागर्दीमा संलग्न रहदै आएका छन्। यसअघि पनि उनीहरु पटक पटक पक्राउ पर्दै आएका छन्।

क्लब ओम्निया चलाउँदै आएका राजेन्द्र र युवराजबिच ठिक दुई वर्षअघि पनि कुटाकुट भएको थियो। त्यसबेला क्बल ओम्निमियामै भएको झगडामा युवराजसहित ६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरेको थियो ।

उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077