Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रास्वपाका पालिका सभापति पक्राउ

रास्वपाका पालिका सभापति पक्राउ

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । जबरजस्ती करणीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुको एक पालिकाका सभापति पक्राउ परेका छन् ।

लिखुपिके गाउँपालिकाका रास्वपा पालिका सभापति रामचन्द्र बस्नेत काठमाडौंबाट पक्राउ परेका हुन् ।

२०८१ साउन ६ गते स्थानीय फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त बस्नेत काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गाउँपालिकाको वडा नं. २ पोखरीका ४५ वर्षीय बस्नेत यही साउन १९ गते दिउँसो काठमाडौँ महानगरपालिका–१६ स्थित वनस्थलीबाट पक्राउ परेको प्रहरीले जनाएको हो ।

बस्नेतलाई बुधबार जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077