Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बागमतीका मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनमा दोषी, एक वर्ष कैद र करोडौँ जरिवाना

बागमतीका मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनमा दोषी, एक वर्ष कैद र करोडौँ जरिवाना

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ महिनाअघि दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार आंशिक फैसला सुनाउँदै थापालाई एक वर्ष कैद, तीन करोड ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना र सो बराबरको सम्पत्ति जफतको आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासबाट जारी फैसलामा थापा गैरकानुनी रूपमा पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको प्रमाणित भएको ठहर गरिएको छ ।

यससँगै अदालतले भ्रष्टाचारजन्य हानि-नोक्सानीसम्बन्धी अर्को मुद्दामा पनि थापालाई दोषी ठहर गरेको छ।

सो मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरिँदा शिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन्।

हानि-नोक्सानी मुद्दामा सजाय तोक्ने सुनुवाइ आगामी साउन २९ गते हुने विशेष अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077