Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ब्याचबाट एकल प्रतिस्पर्धी बने एसपी केशव भट्टराई

ब्याचबाट एकल प्रतिस्पर्धी बने एसपी केशव भट्टराई

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । नेपाल प्रहरीका एसएसपी, एसपी र डीएसपी पदमा बढुवा भएका अधिकृतहरूले बुधबार दर्ज्यानी चिन्ह लगाएका छन् ।

एसएसपी बढुवाविरुद्ध एसपी विमल बस्नेतले उजुरी हालेकोमा त्यसलाई उजुरी सुन्ने समितिले खारेज गरेपछि बढुवाको निर्णय भएको हो ।

११ एसएसपी, ११ एसपी र १३ जना डीएसपीमा बढुवा भएका छन् । बढुवा भएका सबैले फुली लगाएका छन् । तर, पदस्थापन भएको छैन । एसएसपी र एसपीमा पहिला छुटेका ब्याचबाट परेका छन् । एसपीमा भने नयाँ ब्याचका अधिकृत समेत परेका छन् ।

एसपी बढुवा हुनेमा अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन् । उनीहरुमध्ये केशब भट्टराईका लागि यो बढुवा बिशेष बन्यो ।

किनकी आफ्नो ब्याचबाट उनी भावी नेतृत्वका लागि एकल दाबेदार बनेका छन् । यो ब्याचबाट बढुवा भएका अरु सबै विभागीय छन् । उनी मात्र फ्रेसको अधिकृत भएकाले भट्टराई एकल प्रतिस्पर्धीका रुपमा अघि बढेका हुन् ।

उनको ब्याचबाट धर्मराज भण्डारीलाई सशक्त उम्मेदवार ठानिएको थियो । उनी बढुवामा पर्ने सम्भावना पनि उच्च थियो ।

तर, उनको नाम हटाएर अन्तिममा दिपक खड्काको नाम थपिएको स्रोत बताउँछ । प्रतिस्पर्धी रहेका भण्डारी अहिले बढुवामै छुटेपछि भट्टराई हौसिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077