Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कर्णाली विकास बैंक घोटाला प्रकरण : पूर्वअध्यक्षसहित तीनजना जेल चलान

कर्णाली विकास बैंक घोटाला प्रकरण : पूर्वअध्यक्षसहित तीनजना जेल चलान

बुधवार , श्रावण २१, २०८२

नेपालगञ्ज । कर्णाली विकास बैंकको सवा तीन अर्ब रुपैयाँ हिनामिना प्रकरणमा संलग्न ठहर गरिएका तीन जनालाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको संयुक्त इजलासले बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राखी मुद्दा अघि बढाउने आदेश दिएको हो ।

यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) द्वारा गरिएको विस्तृत अनुसन्धानपछि बैंकबाट भएको तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ हिनामिनाको आरोपमा १०९ जनालाई प्रतिवादी बनाइएको थियो ।

तीमध्ये हालसम्म चारजना मात्रै पक्राउ परेका छन् भने दुई जना आरोपितको मृत्यु भइसकेको छ । सिआइबीले साउन १४ गते अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सो प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालतमा भ्रष्टाचार तथा सार्वजनिक सम्पत्तिमा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा दायर गरेको हो ।

२०६० फागुन २२ मा बाँकेको नेपालगञ्जमा १४ जना संस्थापकले ‘ख’ वर्गको इजाजत लिएर कर्णाली विकास बैंक स्थापना गरेका थिए।

प्रारम्भिक रूपमा दुई करोड रुपैयाँ पूँजीमा स्थापित बैंकको कार्यक्षेत्र बाँके, बर्दिया र दाङमा सीमित थियो । बैंकको चुक्ता पूँजी वृद्धि गर्ने क्रममा योजनाबद्ध रूपमा रकम हिनामिना गरिएको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077