काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई पदस्थापन गरिएको छ । गृहमन्त्री रमेश लेखकले एसएसी पदस्थापनको निर्णय गरेका हुन् ।
एसएसपीमा बढुवा भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्की आर्थिक प्रशासन तथा प्रबन्ध शाखाका तुल बहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा, कास्कीमा पदस्थापन गरिएको छ ।
यस्तै राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पदस्थापन गरिएको छ ।



साथै दुईजना एसएसपीको सरुवा गरिएको छ । कृष्ण बहादुर पल्ली मगर र संजय सिंह थापाको सरुवा भएको हो ।
मगरको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा भएको छ । यस्तै थापालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग कल्याण महाशाखामा पठाइएको छ ।