Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, चार राउन्ड हवाई फायर

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, चार राउन्ड हवाई फायर

बुधवार , श्रावण २१, २०८२

धनुषा । धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँपको बगैंचामा बुधबार राति सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।

भारतबाट अवैधरूपमा ल्याउँदै गरिएको सामान नियन्त्रणमा लिने प्रयासका क्रममा झडप भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको नेतृत्वमा खटिएको टोलीले अवैध तस्करी रोक्न खोज्दा तस्कर र केही स्थानीय बासिन्दा आक्रोशित हुँदै सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरीले एसएलआर राइफलबाट चार राउन्ड हवाई फायर गरेको थियो ।

सशस्त्र प्रहरीका अनुसार, झडपको बेला केही तस्करीका सामान स्थानीयले लुकाएको अनुमान गरिएको छ । सुरक्षाकर्मीले एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077