काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिरेन्द्र थापा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको निर्णय अनुसार थापालाई एसपीमा बढुवा सिफारिस गरिएको हो । बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।
डीएसपी थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेशषण तथा योजना शाखा महाराजगंजमा कार्यरत छन् ।
यस्तै प्रहरी निरीक्षक राजु अधिकारी प्रहरी नायव उपरीक्षकमा बढुवा सिरफारिस भएका छन् । उनी इलाका प्रहरी कार्यालय रासाङघाट, तनहुँमा कार्यरत छन् ।