Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरीको ‘बन्दोबस्ती ठेक्का’ छानबिन गर्न खरिद कार्यालयलाई अख्तियारको निर्देशन

प्रहरीको ‘बन्दोबस्ती ठेक्का’ छानबिन गर्न खरिद कार्यालयलाई अख्तियारको निर्देशन

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । नेपाल प्रहरीको ठेक्कामा वर्षौंअघिदेखि चल्दै आएको सिन्डिकेट अन्त्य गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको छ ।

प्रारम्भिक अनुसन्धानमै शंकास्पद सर्तसहितको बोलपत्र प्रणाली भेटिएपछि अख्तियारले बुधबार औपचारिक पत्रमार्फत अनुसन्धान अघि बढाउन भनिएको हो ।

अख्तियारको निर्देशन अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार विशेष छानबिन समिति गठन गर्ने तयारी गरेको छ। कार्यालयका सचिव मुकुन्द निरौलाका अनुसार, ठेक्कामा प्रतिस्पर्धा सीमित बनाउने गरी शर्त राखिएको उजुरी अख्तियार र खरिद कार्यालय दुवैमा परेका थिए।

५ र १२ साउनमा नेपाल प्रहरीले करिब ८० करोड रुपैयाँ बराबरको बन्दोबस्ती सामान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । तर, त्यहाँ पछिल्ला तीन वर्षभित्र प्रहरीलाई कम्तीमा दुईपटक आपूर्ति गरेको अनुभव भएकाहरूलाई मात्र सहभागी हुन दिने प्रावधान राखिएको थियो। यसले नयाँ प्रतिस्पर्धीलाई पूर्ण रूपमा बाहिर राख्ने व्यवस्था मिलाएको भन्दै व्यवसायीहरूद्वारा उजुरी परेका थिए।

स्रोतका अनुसार, पछिल्ला केही वर्षदेखि व्यापारी ज्ञानेन्द्र बस्नेत र टोपेन्द्र बिसीले प्रहरीको प्रबन्ध निर्देशनालयमा मिलेमतोका आधारमा ठेक्का लिँदै आएका छन् ।

उनीहरूसँग मिलेर निर्देशनालयका केही प्रहरी अधिकारीले प्रतिस्पर्धा अवरुद्ध हुने सर्त घुसाएर ‘सिन्डिकेट’लाई संस्थागत गर्न खोजेको प्रारम्भिक छानबिनले देखाएको छ ।

[insert page='359297' display='yopanipadhnuhos.php']

यस प्रकरणको उजुरी गृह मन्त्रालयमा समेत पुगेको भए पनि मन्त्रालयको चासो नदेखिनुले मिलेमतोको आशंका थप बलियो भएको छ। यही साउन ५ गते बोलपत्र आह्वान गर्दै प्रहरी प्रधान कार्यालयले चुस्ता, म्याट्रेस, लत्ता कपडा, बेल्ट, बुटलगायतको सामान माग गरेको थियो ।

बोलपत्रमा ४५ हजार सेट कम्लिट चुस्ता ड्रेस, ४० हजार जोर डीएमएस बुट (ब्ल्याक लेदर बुट), १६ हजार थान पार्का ज्याकेट, पाँच हजार पाँच थान क्यायर म्याट्रेस, ३५ हजार थान मिन्क ब्यांल्यकेट, ५० हजार मिटर वुमन सर्ट क्लोथ, ३० हजार जोर स्पोर्ट सुज, एक लाख पाँच हजार मिटर कटर्न सर्ट क्लोथ, ८६ हजार मिटर कटन पाइन्ट क्लोथ, ३५ हजार मिटर उलन पाइन्ट क्लोथ माग गरिएको छ ।

त्यस्तै, ११ हजार जोर टोप बुट, १५ हजार सेट ट्य्राकसुट, १२ हजार पाँच सय थान उलन स्वेटर, १५ हजार सेट अण्डर ट्राउजर भेस्ट सेट, आठ हजार थान स्लिपिङ ब्याग, ११ हजार थान पिन्चो, छ हजार पाँचसय थान रुकस्याग ब्याग, एक हजार दुई सय थान स्नो ज्याकेट, १५ हजार थान फ्लोरोसेन्ट सस्पेन्सन बेल्ट माग गरिएको छ ।

त्यसैगरी १५ हजार थान ब्रेट क्यापप, एक हजार दुई सय जोर स्नो बुट, एक हजार पाँच सय थान सिनियर पुलिस ज्याकेट, एक हजार पाँच सय थान बुकेल बेल्ट, १३ हजार पाँच सय थान पीटी भेस्ट, ४३ हजार थान इम्बोइड सिम्बोल फर भेरियस ¥यांक माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077