काठमाडौं । नेपाल प्रहरीका एसपी नविनकृष्ण भण्डारीले राजीनामा दिएका छन्।
उनको राजीनापछि प्रहरी प्रधान कार्यालयले रिक्त स्थानमा डिएसपी बिरेन्द्र थापाको बढुवा सिफारिस गरेको हो ।
एसपी भण्डारी ७ महिनाअघि मात्र एसपीमा बढुवा भएका थिए। सिपाहीबाट भर्ना भएका भण्डारीले पछि इन्सपेक्टरमा नाम निकालेका थिए।
३० वर्षे सेवाहदका कारण उनले आगामी २० भदौमा अवकाश पाउँदै थिए।
यसैबीच, पाँच पटकसम्म डीएसपीबाट एसपीमा बढुवा हुँदा छुटेका डीएसपी थापाको भने एकल बढुवाका लागि सिफारिस भएको हो ।
बुधबार राति प्रहरी प्रधान कार्यालयले डीएसपी थापालाई एसपी बढुवाका लागि एकल सिफारिस गरेको छ ।
पछिल्लो पटक यही साउनका पहिलो साता डीएसपीबाट एसपी बढुवा सिफारिस हुँदा आफूभन्दा दुई वर्ष जुनियर बढुवमा पर्दा पनि थापा छुटेका थिए । साउनको पहिलो साता बढुवा सिफारिस भएकाहरुले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।
सोही राति थापाको एकल बढुवा गरिएको हो । यसघि जुनियर बढुवा हुँदा समेत छुटेका थापालाई प्रहरी वृत्त सिंहदरबार पठाइएको थियो । अहिले उनी सिंहदरबारमै कार्यरत छन् ।
उनी २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनका सबै ब्याचीहरु यसअघि नै एसपी बनिसक्दा आफ्नो ब्याचका एकल डीएसपी थिए थापा । जबकि उनीभन्दा दुई वर्ष जुनियरहरु समेत एसपी भइसकेका छन् ।