Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल प्रहरीका एसपी र डिएसपीको सरुवा तयारी

नेपाल प्रहरीका एसपी र डिएसपीको सरुवा तयारी

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी र डिएसपीको सरुवा तयारी गरेको छ । अवधि पुगेका केही इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्न लागिएको छ ।

सरुवा समेत हुने भएकाले बुधबार बढुवा भएका एसपी र डिएसपीको पनि पदस्थापन हुन सकेको छैन ।

बढुवा लगत्तै केही कार्यालयहरू रिक्त भइरहेका छन्। एसपी दीपेन्द्र शाही बढुवा भएसँगै धादिङ खाली भएको छ । त्यस्तै, केही जिल्लाका एसपीहरुको १० महिनाको अवधि अवधि पुगेकाले उनीहरुको पनि सरुवाको तयारी छ ।

उपत्यकाका केही वृत्त तथा उपत्यका बाहिरका केही इप्रकाहरुको प्रमुख पनि हेरफेरको तयारी छ।

प्रहरी महानिरीक्षक दिपक थापाको कार्यकालको सम्भवतः अन्तिम सरुवा भएकाले उनले आफु निकटस्थ प्रहरीलाई इन्चार्जमा पठाउने तयारी गरेका छन्।

तर, गृह मन्त्रालयको हस्तक्षेपका कारण उनले निर्णय गर्न नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077