Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ललितपुरमा केटा साथी भेट्न गएकी किशोरीको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

ललितपुरमा केटा साथी भेट्न गएकी किशोरीको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु भएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका केटा साथी ललितपुरकै इमाडोलका १८ वर्षीय आर्यन पाण्डे पक्राउ परेका छन् ।

प्रहरीकाअनुसार केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।

किशोरसँगै हुँदा एक्कासी बेहोस भएकी किशोरीलाई बुधबार उपचारको लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनको पहिल्यै मृत्यु भइसकेको पुष्टि गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सामाजिक सञ्जालमार्फत चिनजान भएपछि उनीहरु केही महिनायता प्रेम सम्बन्धमा रहेको खुलेको छ।

अहिले पक्राउ परेका किशोरलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

किशोरीको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । पोष्टमर्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077