Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

डिएसपी खरेललाई सेवाबाट हटाउने तयारी 

डिएसपी खरेललाई सेवाबाट हटाउने तयारी 

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत अर्का एक डाक्टरले जागिर छाडेका छन्। डिएसपी पदमा कार्यरत डा.दिपक खरेलले राजीनामा नदिई जागिर छाडेका हुन्।

लामो समय सम्पर्कविहिन भएपछि प्रहरीले उनलाई सेवाबाट हटाउने तयारी गरेको छ।

डा. खरेल गत माघ २ गतेदेखि ३० दिन बिदामा बसेका थिए। त्यसपछि हाजिर भएका छैनन्।

गैरहाजिरभएपछि उनलाई सेवाबाट हटाउनका लागि गृह मन्त्रालयले बिहीबार गोरखापत्र दैनिकमा सूचना निकालेको छ।

गैरहाजिर हुनुको कारण सात दिनभित्र सन्तोषजनक रुपमा स्पष्टिकरण दिन नसकेमा उनलाई सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

न्यून सेवा सुविधाका कारण प्रहरी अस्पतालका चिकित्सकहरुले केही वर्षमै जागिर छाड्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077