काठमाडौं । सिन्धुलीका युवकको भारत पुर्याएर मिर्गौला चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौं र काभ्रेबाट पक्राउ परेका ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेका राज कुमार परियार, समिर परियार, र नुवाकोटका राकेश परियार रहेका छन् भने थप एकजनामा अनुसन्धान भइरहेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला निकालेको आरोप लागेका चारजनामध्ये तीन जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगेको छ।
पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर मिर्गौला झिकेको बताइन्छ ।
होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए ।
१० दिनपछि घर फर्किएका उनले अनौठो किमिसको दुखाइ महसुस गरे । अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।