Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलाली कारागारमा फेरि कुटाकुट, ५ कैदी घाइते

कैलाली कारागारमा फेरि कुटाकुट, ५ कैदी घाइते

बिहिवार , श्रावण २२, २०८२

कैलाली । कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीहरूबीच पुनः झडप भएको छ । बिहीबार बेलुकी भएको कुटाकुटमा ५ जना कैदी घाइते भएका छन्, जसमध्ये एकको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनाले कारागारभित्र सुरक्षा र व्यवस्थापनप्रतिको गम्भीर प्रश्न उठाएको छ, कैलाली जिल्ला कारागारमा एक महिनाभित्र यो दोस्रो पटक कैदीबीचको झडप हो । जिल्ला प्रहरी कार्यालयका अनुसार थुनुवा राहुल राना, धिरज बम, मोहन राना, विषेशनाथ योगी र हिमाल राना घाइते भएका हुन् ।

राहुल रानाको टाउकोमा गहिरो चोट लागेको छ र उनको सेती प्रादेशिक अस्पतालमा सिटिसिटी स्क्यान गरिएको कैलाली प्रहरील जनाएको छ । सामान्य घाइते चार जनालाई उपचारपछि कारागार फिर्ता लगिएको छ ।

कुटाकुटको कारण अझै आधिकारिक रूपमा खुलाइएको छैन। तर, लम्कीका भूपेन्द्र बडुवाल हत्या अभियोगमा रहेका समूहले बिनाकारण हमला गरेको आरोप लागेको छ ।

घटनापछि कैलालीका प्रहरी प्रमुख बालनरसिंह राणा स्वयं कारागार पुगेका थिए । गएको २८ असारमा पनि कैलाली कारागारमै कैदीबिच कुटाकुट भएको थियो ।

यो पटक पनि झडप दोहोरिनुले प्रशासनिक कमजोरी, आन्तरिक समन्वयको अभाव र कमजोर निगरानी प्रणालीलाई उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077