Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भित्री वस्त्रमा लुकाएर झण्डै दुई किलो कोकिन तस्करी, २१ वर्षकी ब्राजिलियन किशोरी पक्राउ

भित्री वस्त्रमा लुकाएर झण्डै दुई किलो कोकिन तस्करी, २१ वर्षकी ब्राजिलियन किशोरी पक्राउ

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिनसहित एक विदेशी किशोरीलाई पक्राउ गरेको छ ।

भुटान जान लागेकी ब्राजिलियन किशोरीलाई करिब २ किलो कोकिनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकी २१ वर्षीया इमिली मिकाएले सान्टोस फेरेइरा ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी थिइन्।

विमानस्थलको प्रस्थान कक्ष अगाडि प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि तलासी गर्दा उनले लगाएको कालो रंगको भित्री बस्त्र (ब्रा) भित्र तरल अवस्थामा राखिएको १ केजी ९५० ग्राम कोकिन फेला परेको हो।

फाटेको ब्राभित्र कण्डममा पोको पारेको अवस्थामा प्रहरीले कोकिन बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त लागूऔषध उनले ब्राजिलबाट ल्याई नेपाल हुँदै भुटान पुर्‍याउने योजना थियो। फेला परेको कोकिन अन्तर्राष्ट्रिय बजारमा करोडौं रुपैयाँ मूल्य बराबरको हुने अनुमान छ।

उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हाल अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077