Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रवि लामिछानेलाई अधिकारबाट वञ्चित नगरिएको रुपन्देही कारागारको दाबी

रवि लामिछानेलाई अधिकारबाट वञ्चित नगरिएको रुपन्देही कारागारको दाबी

शुक्रवार , श्रावण २३, २०८२

रुपन्देही । कारागार कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कैदीका हैसियतमा पाउने अधिकारबाट वञ्चित नगरिएको दाबी गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारागार प्रशासक सुरेश भण्डारीले केही सञ्चारमाध्यममा आएका ‘लामिछानेलाई बन्द कोठामा राखिएको र सञ्चार सुविधा नदिएको’ समाचारमा सत्यता नरहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, 'कारागार प्रशासनले समय-समयमा उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका बारेमा सोधपुछ गर्दै समाधान गर्दै आएको छ।'

भण्डारीका अनुसार लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा राखिएको भए पनि अन्य सामान्य कैदीहरूले पाउने सेवा र सुविधामा कुनै विभेद गरिएको छैन ।

उनले भने, 'उहाँले चाहेको खण्डमा मात्र बाहिरबाट भेट गर्ने व्यक्ति प्रवेश पाउने तथा सञ्चार सुविधा प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।' गत चैतदेखि रुपन्देही कारागारमा रहेका लामिछाने सहकारी ठगी प्रकरणको मुद्दामा थुनामा छन् ।

सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिन र कार्यालयसँग आधिकारिक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गर्न कारागारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077