Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलाली कारागारमा सुरक्षा प्रमुखलाई कैदीबन्दीले रोक्दा निरीक्षणमै अवरोध

कैलाली कारागारमा सुरक्षा प्रमुखलाई कैदीबन्दीले रोक्दा निरीक्षणमै अवरोध

शनिवार , श्रावण २४, २०८२

कैलाली । कैलाली जिल्ला कारागारमा निरन्तर भइरहेका झडपका बीच शुक्रबार राति भएको भीषण हिंसापछि घटनास्थलमा पुगेका सुरक्षा निकायका प्रमुखहरूलाई कैदीबन्दीहरूले भित्र प्रवेश गर्न रोकेका छन् ।

कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षण नगरी नै फर्किनु परेको हो । १५० जनाको क्षमता भएको उक्त कारागारमा अहिले करिब ७०० कैदीबन्दी राखिएका छन्, जसका कारण पछिल्ला महिनाहरूमा तनाव, गुटबन्दी र झडपको श्रृंखला बढेको छ ।

केही दिनअघि विवाद शान्त पारिएको दाबी गर्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले समस्या समाधान भएको बताएका थिए। तर त्यसको भोलिपल्टै १ जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी हिंसात्मक झडप भएको हो ।

मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको हो । भूपेन्द्र बडूवाल हत्याकाण्डका आरोपीहरूको कागजी सुरुवा गरेपनि स्थानान्तरण नभएपछि कारागारभित्र दुई समूहबीच झडप भएको बताइएको छ ।

यसअघि साउन २२ गते पनि कारागारभित्र झडप हुँदा ५ जना घाइते भएका थिए । तीमध्ये एक जनाको अहिले पनि अस्पतालमै उपचार भइरहेको छ । यो निरन्तरको हिंसाले कारागारको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077