Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, ग्यास सिलिन्डर विस्फोटको धम्की

कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, ग्यास सिलिन्डर विस्फोटको धम्की

शनिवार , श्रावण २४, २०८२

कैलाली । एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी हिजो राति भएको कैलाली जिल्ला कारागारको भीषण झडपपछिको अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन ।

घटनास्थल कैदीबन्दीको कब्जामा रहेकाले प्रहरी, प्रशासन र मानवअधिकार टोलीले भित्र प्रवेश गर्न नसकेको हो ।

शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू कारागार पुगे पनि कैदीबन्दीहरूले उनीहरूलाई घटनास्थलसम्म जान रोकेका थिए ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखी, कोही प्रवेश गर्न खोजेमा विस्फोट गराउने चेतावनी दिएका छन् ।

जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले घटनाबारे छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि बिहानै कैलाली कारागार पुगेको छ, तर परिस्थिती संवेदनशील भएकाले उनीहरू समेत घटनास्थल भित्र छिर्न सकेका छैनन् ।

हिजो राति भएको झडपको कारणबारे स्पष्ट जानकारी आउन बाँकी छ। घाइतेका आफन्तहरूले उपचारका क्रममा भेट्न नपाएको भन्दै असन्तोष प्रकट गरेका छन् ।

घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077