Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गृहमन्त्रीको आकस्मिक बैठक, कैलालीका सिडियो र एसपीको जिम्मेवारीबारे निर्णय हुने सम्भावना

गृहमन्त्रीको आकस्मिक बैठक, कैलालीका सिडियो र एसपीको जिम्मेवारीबारे निर्णय हुने सम्भावना

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई आकस्मिक छलफलका लागि बोलाएका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार, कारागारको नियन्त्रण कैदीबन्दीहरूले लिएको र सुरक्षा व्यवस्था अव्यवस्थित भएको संवेदनशील अवस्थाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठक शनिबार बेलुका ४ बजे बस्नेछ ।

शुक्रबार राति कारागारमा भएको झडपमा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । चौधरी लागुऔषधसम्बन्धी मुद्दामा थुनामा रहेका थिए।

घटनामा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जसमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

[insert page='360929' display='yopanipadhnuhos.php']

घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर प्रवेशद्वारमा ग्याँस सिलिन्डर राखी, कोही प्रवेश गर्न खोजेमा विस्फोट गराउने धम्की दिएका छन् । यसले प्रहरी, प्रशासन र मानवअधिकार आयोगको टोलीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको छ ।

यो घटनाले कैलालीका सिडियो गोगन बहादुर हमाल र एसपी बालनरसिंह राणाको कार्यक्षमतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । एसपी राणाले जिम्मेवारी सम्हाले यता कैलाली कारागारमा निरन्तर झडप हुने गरेको थियो ।

यो घटनापछि जिल्लाका सिडियो र एसपी दुवै जना विवादमा तानिएका छन् । उनीहरुलाई गृह मन्त्रालयले फिर्ता बोलाउन सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077