Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलाली कारागार ‘ग्याङ वार’ : घाइते ४९ कैदीबन्दीको नामावली सार्वजनिक [सूचीसहित]

कैलाली कारागार ‘ग्याङ वार’ : घाइते ४९ कैदीबन्दीको नामावली सार्वजनिक [सूचीसहित]

शनिवार , श्रावण २४, २०८२

धनगढी । कैलाली जिल्ला कारागारमा गएराति भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ भने ४९ जना कैदीबन्दी र थुनुवा घाइते भएका छन् ।

तीमध्ये ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घटनामा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो । उनी लागुऔषधसम्बन्धी मुद्दामा थुनामा थिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार, घटनाको छानबिनका लागि समिति गठन गरिएको छ र दोषी पहिचान गरिनेछ। यता, मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

स्थानीयबासी र आफन्तहरूले घाइतेहरूलाई भेट्न नपाएको भन्दै असन्तोष जनाएका छन्। अस्पताल परिसरमा चाप बढेपछि प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ।

कैलाली कारागारमा यसअघि पनि पटक–पटक कैदी समूहबीच विवाद र झडप हुने गरेको छ । तर यस पटकको घटना सबैभन्दा घातक मानिएको छ।

हेर्नुहोस् घाइतेको नामावली :

१. जिवन खत्री (गोदावरी–९, कैलाली, लागुऔषध)

२. रोशन शाही (धनगढी–५, कैलाली, लागुऔषध)

३. जनक देउवा (धनगढी–५, कैलाली, कर्तव्य ज्यान)

४. नविन नाथ (गौरिगंगा–७, कैलाली, कर्तव्य ज्यान)

५. शरद चौधरी (धनगढी–५, कैलाली, लागुऔषध)

६. नरेश राना (धनगढी–१३, कैलाली, लागुऔषध)

७. वसन्त खत्री (धनगढी–८, कैलाली, लागुऔषध)

८. भरत चौधरी (धनगढी–४, कैलाली, लागुऔषध) — मृतक

९. राम निवास राना (धनगढी–१०, कैलाली, लागुऔषध)

१०. कर्ण सलामी मगर (मोहन्याल–३, कैलाली, जबरजस्ती करणी)

११. अभिषेक चौधरी (घोडाघोडी–५)

१२. धिरज बम (बर्दगोरिया–१)

१३. मेकेन्द्र गिरी (त्रिवेणी–८, बाजुरा, लागुऔषध)

१४. रन्जित सिंह (लखिमपुर, भारत, डाँका चोरी)

१५. निरज जैशी (जानकी–९, कैलाली, लागुऔषध)

१६. जगदिश राना (धनगढी–१०, कैलाली, लागुऔषध)

१७. हिमाल राना (धनगढी–८, कैलाली, लागुऔषध)

१८. वल राना (धनगढी–५, फैलानी)

१९. हर्क गिरी (धनगढी–१८, कैलाली, चोरी)

२०. जनक भण्डारी (लम्कीचुहा–१०, कैलाली, चोरी)

२१. किशोर खडायत (भिमदत्त–८, कञ्चनपुर, सहकारी)

२२. अमित भुल (टिकापुर–१, कैलाली, डाँका चोरी)

२३. कल्पेश विष्ट (टिकापुर–१, कैलाली, डाँका चोरी)

२४. दिपक खत्री (गोदाबरी–१०, कैलाली, कर्तव्य ज्यान)

२५. दिनेश साउद (लम्कीचुहा–१, कैलाली)

२६. रवि चौधरी (धनगढी–४, कैलाली, लागुऔषध)

२७. अंकित बानिया (पालिनन्दन–१, नवलपरासी, लागुऔषध)

२८. सिद्धार्थ बडेला (गोदाबरी–९, कैलाली, लागुऔषध)

२९. बिवेक चौधरी (जोशीपुर–१, कैलाली, लागुऔषध, जबरजस्ती करणी)

३०. मनिष चौधरी (कैलारी–८, कैलाली)

३१. गौरब बम (शुक्लाफाँटा–८, कञ्चनपुर, लागुऔषध)

३२. विवस चौधरी (घोडाघोडी–३, कैलाली, जबरजस्ती करणी)

३३. शिव थापा मगर (टिकापुर–१, कैलाली, लागुऔषध)

३४. अर्जुन खड्का (धनगढी–१३, कैलाली, लागुऔषध)

३५. पुष्पेन्द्र राना (लखिमपुर, भारत, लागुऔषध)

३६. नरेन्द्र घरेडी (डिलासैनी–२, बैतडी)

३७. देवेन्द्र सिंह (जानकी–२, कैलाली, जबरजस्ती करणी)

३८. सन्जु दमाई (बर्दगोरिया–३, कैलाली, जबरजस्ती करणी)

३९. विरेन्द्र चौधरी (गोदावरी–१, कैलाली, लागुऔषध, जबरजस्ती करणी)

४०. मानबिर चौधरी (धनगढी–८, कैलाली, लागुऔषध)

४१. मिलन चन्द (धनगढी–५, कैलाली, ज्यान मार्ने उद्योग)

४२. बिरबहादुर विष्ट (लागुऔषध)

४३. आयुश भट्ट (गोदावरी–२, कैलाली)

४४. एकेन्द्र भाट (धनगढी–६, कैलाली, सवारी ज्यान)

४५. सुरेश राना (पुनर्वास–१, कञ्चनपुर, लागुऔषध)

४६. विषेश नाथ योगी (धनगढी–९, कैलाली, लागुऔषध)

४७. पंकज चौधरी (धनगढी–२, कैलाली, लागुऔषध)

४८. मिनबहादुर विष्ट (अमरगढी–४, डडेल्धुरा)

४९. सुरेन्द्र बम (गोदावरी–८, कैलाली, लागुऔषध)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077