Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काण्डै काण्डमा भुमरीमा फस्दै पशुपति क्षेत्र विकास कोष, शवबाट मासु र हड्डी झिकेर तस्करी

काण्डै काण्डमा भुमरीमा फस्दै पशुपति क्षेत्र विकास कोष, शवबाट मासु र हड्डी झिकेर तस्करी

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । पशुपतिनाथभित्र हुँदै आएका अनेक काण्डै काण्डका कारण बाबा पशुपतिनाथलाई नै बद्नाम बनाउने काम हुँदै आएको छ ।

कहिले बालुवा तस्करी, कहिले भेटी चोरी, कहिले शव जलाएको दाउराको तस्करी त कहिले जलहरी काण्डले पशुपति क्षेत्र विकास कोष विवादमा तानिदै आएको छ ।

यसरी अनेकौं काण्ड मच्चिएको पशुपति क्षेत्रभित्र हुँदा हुँदा अहिले त शवबाट मासु र हड्डी चोरी भएको अनौठो घटना सार्वजनिक भएको छ ।

पशुपति आर्यघाटमा शव दहनका क्रममा शवबाट मासु र हड्डी चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार शवबाट निकालिएको मासु र हड्डी मसान जगाउन प्रयोग गर्ने अघोरी बाबालाई बेचिने गरेको आशंका गरिएको छ।

मलामीको उजुरीका आधारमा शुक्रबार आर्यघाटमा शव दहन गर्ने घाटे गणेश ढकाललाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको बनेपाका राम शाहीको शव अत्येष्टिका क्रममा मासुको टुक्रा झिकेर अर्का व्यक्तिलाई दिइएको भन्दै मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए।

ढकालले सोधपुछमा आफूले मासु नभएर हड्डी झिकेको बताए पनि उनले कसलाई र किन उक्त हड्डी दिएको भन्ने विषयमा केही स्पष्ट जवाफ दिएका छैनन्।

प्रहरीका अनुसार यस्तो घटनाको कानूनी दायरामा कसरी कारबाही गर्ने भन्ने विषयमा अस्पष्टता रहेको छ। अनुसन्धान अझै जारी छ र अनुसन्धानको परिणामअनुसार कानून व्यवसायी तथा सरकारी वकिलसँग परामर्श गरी आवश्यक कारबाही गरिनेछ।

ढकालमाथि लागेको आरोपअनुसार उनले मृतकको मासुको टुक्रा पाँच सय रुपैयाँमा जोगीजस्तो देखिने एक व्यक्तिलाई बेचेका थिए, जसमा सय रुपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ आफैले राखेको बताइएको छ। तर ढकालले पैसा लिएको स्वीकार गरेका छैनन्।

पशुपतिजस्तो पवित्र तिर्थस्थलमा अन्तेष्टिका लागि ल्याइएको शवबाट मासु र हड्डी चोरी हुनु सामान्य घटना नभएको भन्दै चौतर्फी रुपमा त्यसको सत्यतथ्य अनुसन्धान गर्नुपर्ने आवाजहरु उठिरहेका छन् ।

पशुपतिको यो घटनाले आम नेपालीलाई नै झस्काएको छ । अन्तिम दाहसस्काराक क्रममा शोकमा रहेका परिवार र आफन्तको आँखा छलेर गरिने यस्तो तस्करीले कस्तो सन्देश देला ? घटनाप्रति गम्भीर छानविन हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077