Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गणना गर्दा कैलाली कारागारमा भेटिए सबै कैदीबन्दी

गणना गर्दा कैलाली कारागारमा भेटिए सबै कैदीबन्दी

आइतवार , श्रावण २५, २०८२

धनगढी । जिल्ला कारागार कैलालीमा कैदीबन्दीको संख्या गणना गरिएको छ ।

दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कारागारमा मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या यकीन गरिएको हो ।

गणनाअनुसार पुरुष राखिएको ब्लक 'ए' मा ३९६ जना, ब्लक 'बी' मा १९८, महिला ब्लकमा ५७ जना रहेका छन् ।

शनिबारको झडपमा घाइते भएकाहरूको संख्या ४८ रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार शनिबार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी थिए । संख्या एकिन रहेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077