Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आजै आदेश आउने संभावना

लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आजै आदेश आउने संभावना

सोमवार , श्रावण २६, २०८२

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथिको सुनुवाइ सकिएको छ।

निवेदनमाथि सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ। सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ सकिएको हो।

निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सुनुवाइ सकिएको हो। अब लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउनेछ।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन्।

निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो। साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकको (लामिछाने) को कानून व्यवसायीबाट दुवै दिन स्थगित भएको थियो।

रविले दिएको निवेदनको १० नम्बर बुँदामा भनिएको छ–‘मेरो यो निवेदन, ममाथि लागेको झुटा आरोप र अपराधको स्वीकारोक्ति कदापि होइन। मबाट कुनै अपराध भएको छैन, म निर्दोष छु। तथापि म प्रारम्भदेखि नै कानूनी प्रक्रिया र न्यायप्रति पूर्ण आस्था राख्दै न्यायिक प्रक्रियामा सहकार्य गरिरहेको छ। यस क्रममा न त मैले कहिल्यै नक्कली बिरामी बनेर कारागारबाट उम्कन खोजेँ, न त कुनै कानूनी कमजोरी (लुपहोल) को दुरुपयोग गरेँ। राजनीतिक प्रतिशोधको यो लडाइँ म कानूनी रुपमा लडिरहुँला तर मलाई जति न्याय चाहिएको छ, सहकारीका बचतकर्तालाई आफ्नो रकम फिर्ताको सुनिश्चितता त्योभन्दा बढी नै चाहिएको छ। यो प्रक्रिया कहीँ न कहीँ, कतै न कतैबाट, कुनै न कुनै रूपमा सुरु हुनुपर्छ र त्यो मबाट नै हुनुपर्छ भन्ने मान्यता राख्दै सम्मानित अदालतसमक्ष प्रस्तुत निवेदन गर्दछु।’

त्यसैगरी उनले राज्यको षड्यन्त्रसँग आँखामा आँखा जुधाएर लड्न चाहन्छु भन्दै लुक्न नचाहेको बताएका छन् । उनले भनेका छन्–‘म राज्यको षड्यन्त्रसँग आँखामा आँखा जुधाएर लड्न चाहन्छु, लुक्न चाहन्न। राज्य मप्रति कति प्रतिशोधी छ भन्ने बुझ्न ममाथि लगाइएका झुटा मुद्दाहरू नै सबैभन्दा ठूला प्रमाण हुन्। मलाई राजनीतिक रुपमा सिध्याउन रचिएका षड्यन्त्रहरूविरुद्ध त म राजनीतिक रुपमै लडौँला।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077