रुपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा छिटोछरितो न्याय निरुपण गर्न आदेश दिएको छ ।
सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई तत्काल थुनामुक्त गर्न नमिल्ने कारणहरू उल्लेख गर्दै मुद्दाको प्रकृति अनुसार यथाशिघ्र सुनुवाइ टुंग्याउनुपर्ने निर्देशन दिएको हो ।
लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाएर आफ्नो भागको बिगो बराबरको रकम दाखिला गरिसकेको दाबी गर्दै गत साउन १९ गते थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए । तर अदालतले उक्त माग अस्वीकार गरेको छ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले समेत सदर गरेको छ ।

