Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

३० भन्दा धेरै जिल्लाका प्रहरी प्रमुख फेरिंदै, सरुवा र पदस्थापनमा गृह मन्त्रालयको हस्तक्षेप !

३० भन्दा धेरै जिल्लाका प्रहरी प्रमुख फेरिंदै, सरुवा र पदस्थापनमा गृह मन्त्रालयको हस्तक्षेप !

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । बढुवा भएको साता हुँदा पनि नेपाल प्रहरीका एसपी र डिएसपीको पदस्थापन हुन सकेको छैन । पदस्थापनसँगै सरुवा पनि गर्नुपर्ने भएकाले निर्णयमा ढिलाई भएको हो ।

स्रोतका अनुसार गृह मन्त्रालयको हस्तक्षेपका कारण सरुवा र पदस्थापनमा अस्वभाविक ढिलाई भएको हो । पदस्थापनसँगै करिब ३० जिल्ला तथा कार्यालयका इन्चार्जहरुको पनि सरुवा गर्न लागिएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाले कार्यक्षमताका आधारमा सरुवाको लिष्ट बनाएका छन् । तर, गृह मन्त्रालयले नेता र बिचौलियाको सिफारिसको सूची दिएर सरुवामा हस्तक्षेप गरेको छ । सोही कारण सरुवामा ढिलाई भइरहेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।

सरुवामा ठूलो हेरफेरको तयारी छ । सुनसरीका एसपी सुमनकुमार तिमिल्सना, कास्कीका श्यामबाबु ओलिया, धनकुटाका श्यामसिंह चौधरी, पूर्वी नवलपरासीका यादव ढकाल, भक्तपुरका माधवप्रसाद बुढाथोकी, मकवानपुरका विश्वराज खड्का, डोटीका विनोद शर्मा, कपिलवस्तुका निरञ्जनदत्त भट्ट, दाङका अर्जुन तिमल्सिना, तनहुँका वीरेन्द्रबहादुर शाही, उदयपुरका एसपी हरिहरनाथ योगीको १० महिना भन्दा लामो अवधि भएकाले उनीहरुको सरुवाको तयारी भइरहेको छ ।

धादिङ र बर्दियाका एसपीको बढुवा भएकाले ती जिल्ला दुई सातादेखि निमित्तको भरमा छन् ।

त्यस्तै, डिएसपी प्रमुख हुने जिल्लाहरुमा पनि ठूलो संख्यामा हेरफेरको तयारी भइरहेको छ । डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठ, मुगुका सरोज गिरी, मुस्ताङका सूर्यबहादुर बोगटी, पर्वतका रविन विष्ट, भोजपुरका युवराज तिमल्सिना, बैतडीका मकेन्द्रकुमार मिश्र, खोटाङका प्रतीक विष्ट, दार्चुलाका प्रकाश दाहाल, प्युठानका दीपेश बस्याल, संखुवासभाका दक्षकुमार बस्नेत, कालीकोटका टेकबहादुर राउत, तेह्रथुमकी चिनिमाया तामाङ, अर्घाखाँचीका चक्रबहादुर मल्ल, पाँचथरका कौशलकुमार बुढाथोकी पनि एक वर्ष पुग्न लागिसकेको छ।

त्यस्तै, उपत्यकाका वृत्त तथा इप्रका कार्यालयका इन्चार्जहरु पनि हेरफेर हुँदैछ।

‘दरबारमार्ग वृत्तका लागि मात्र १० जना भन्दा धेरैको सिफारिस छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘राम्रा जिल्लाहरुमा पनि त्यस्तै अवस्था छ ।’

काठमाडौं उपत्यकाका दरबारमार्ग, बौद्ध, गौशाला, मालिगाउँ, जगाती, स्वयम्भु लगायत वृत्तका डिएसपीको १० महिना पुगिसकेकाले उनीहरुको सरुवाको तयारी छ ।

प्रहरी प्रधान कार्यालयले अवधि पुगेका इन्सपेक्टरहरूको पनि सरुवा तयारी गरिरहेको छ। अवकाशको मुखमा रहेका आइजीपी थापाले सकेसम्म राम्रो सरुवा निकाल्ने तयारी गरेका छन् ।

तर, उनले राजनीतिक दबाब कत्तिको झेल्न सक्छन् त्यो भने उनको निर्णय क्षमतामा भर पर्नेछ । यसअघिका सरुवा र बढुवामा भने उनल धेरै हदसम्म राजनीतिक दबाब निस्तेज पारेको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077