Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डेढु खोलामा डुबेर ८ र ४ वर्षीय दाजुभाइको मृत्यु

डेढु खोलामा डुबेर ८ र ४ वर्षीय दाजुभाइको मृत्यु

मंगलवार , श्रावण २७, २०८२

विरगञ्ज । पर्साको ठोरी गाउँपालिका–२ स्थित डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ। मृतकहरू मनोजय कठायतका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत हुन्।

ठोरी गाउँपालिका वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानुअघि दाजुभाइ दुवैले घरबाट करिब १५० मिटर टाढा रहेको खोलामा नुहाउन गएको थिए। खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूले ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुवै बालक तैरिरहेको अवस्थामा स्थानीयले उद्धार गरी ठोरी अस्पताल पुर्‍याएको तर स्वास्थ्यकर्मीहरूले मृत घोषणा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077