Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्वोच्चद्धारा मुकुल ढकालको रिट खारेज, रास्वपाको कारबाही कायम

सर्वोच्चद्धारा मुकुल ढकालको रिट खारेज, रास्वपाको कारबाही कायम

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टीबाट आफूलाई गरिएको कारबाहीविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीशहरू नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको माग अस्वीकार गर्दै रिट खारेज गर्ने निर्णय सुनाएको हो।

ढकालले रास्वपाका अध्यक्ष रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा तथा पार्टी कार्यालयलाई विपक्षी बनाउँदै दर्ता गरेको रिटमा आफू नै वैध महामन्त्री भएको दाबी गरेका थिए ।

उनले पार्टीको कारबाहीलाई अवैधानिक र नियमनविपरीत रहेको आरोप लगाउँदै न्यायिक उपचार खोजेका थिए ।

तर अदालतको निर्णयले रास्वपाले एक वर्षअघि ढकालमाथि गरेको कारबाहीलाई वैधानिक ठहर गरेको छ ।

पार्टीले अनुशासनविपरीतको अभिव्यक्ति र अमर्यादित व्यवहार देखाएको आरोप लगाउँदै उनलाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077