काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पदस्थापन भएको छ ।
मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो ।
साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ भए पदस्थापन ?


यस्तै प्रहरी प्रधान कार्यालयले ४१ जना डीएसपीको पनि सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार डीएसपीहरुको सरुवा तथा काज गर्ने निर्णय गरेका हुन्।
सरुवाको निर्णयसँगै काठमाडौँ उपत्यकाका केही वृत्तदेखि विभिन्न जिल्लाका इन्चार्जहरु समेत हेरफेर भएका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङमा प्रकाश बुढाथोकी, अछाममा ओमप्रकाश खनाल, बझाङमा खगेन्द्र धमला, सल्यानमा हेमबहादुर केसी,डोल्पामा रुकबहादुर खड्का, इलाका प्रहरी कार्यालय पथरी मोरङमा तुलसीराम अर्याल, बैतडीमा दीपककुमार रायलाई सरुवा गरिएको छ।


