Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धरौटी बुझाए पनि चक्रे मिलन तत्काल रिहा नहुने, पुरानो मुद्दामा ठिमी पठाइने

धरौटी बुझाए पनि चक्रे मिलन तत्काल रिहा नहुने, पुरानो मुद्दामा ठिमी पठाइने

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । अभद्र व्यवहारको कसुरमा धरौटीमा रिहा हुने आदेश पाएका चक्रे मिलन पुरानो मुद्दाका कारण तत्काल जेलमुक्त नहुने भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले बुधबार मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

अन्य प्रतिवादी धरौटी बुझाएर आजै छुटे पनि मिलनलाई भने एक वर्षअघि भक्तपुरको ठिमीस्थित रेस्टुरेन्टमा भएको घटनासम्बन्धी मुद्दाको पूरक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी लैजाने तयारी भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार मिलनको वतन खुलेसँगै सरकारी वकिलको कार्यालयमार्फत बयान लिने प्रक्रिया सुरु हुनेछ ।

२०८१ भदौ १० गते सर्लाहीका अजित खवासमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मनिष रायमाझीले मिलनलाई योजनाकारका रूपमा नामसहित जाहेरी दिएका थिए। पहिचान नखुलेका कारण त्यतिबेला पक्राउ हुन नसकेका मिलनमाथि अब पूरक अनुसन्धान थालिएको हो ।

गत साउन १५ गते मध्यराति महाराजगञ्जको होटल साम्बालामा जन्मदिनको पार्टी मनाउने क्रममा होहल्ला गरेको आरोपमा मिलनसहित ४७ जना पक्राउ परेका थिए। तीमध्ये २८ जनालाई तत्काल छोडिएको र बाँकी १९ जनामाथि मुद्दा दायर भएको थियो ।

अदालतले मिलन र राजेश खड्कालाई ३० हजार, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र ऋतिक लामालाई २० हजार तथा बाँकी १४ जनालाई १० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077