Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस उपसभापति गुरुङलाई सीआईबीको ‘क्लिन चिट’, ११ जनामाथि मुद्दा सिफारिस

कांग्रेस उपसभापति गुरुङलाई सीआईबीको ‘क्लिन चिट’, ११ जनामाथि मुद्दा सिफारिस

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । ललितपुर महालक्ष्मीस्थित मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि मुद्दा नचलाउने निर्णय गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा गुरुङको संलग्नता प्रमाणित हुने कुनै प्रमाण नफेला परेपछि उनलाई ‘क्लिन चिट’ दिइएको हो ।

सीआईबीले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा ११ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन सिफारिस गरिएको छ। उपसभापति गुरुङ भने उक्त सूचीमा परेका छैनन् ।

सीआईबीका अनुसार अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ ।

गुरुङविरुद्ध कुनै ठोस प्रमाण नफेला परेकाले उनलाई प्रतिवादीमा समावेश नगर्ने राय दिइएको बताइएको छ । धनराज नै यो सहकारीमा जोडिएको भन्दै यसअघि आरोप लाग्दै आएको थियो ।

तर धनराजकी पूर्वश्रीमती ज्योति गुरुङसहित ११ जना प्रतिवादी बनाउन सिफारिस गर्दा धनराजले भने उन्मुक्ति पाए । ज्योति गुरुङसँगै बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापासहित ११ जनालाई प्रतिवादी बनाउन सीआईबीले सिफारिस गरेको छ ।

जसमध्ये भण्डारी, खत्री र अधिकारीमात्रै पक्राउ परेका छन् । जसमा सहकारीको करिब १४ करोड ठगी गरिएको उल्लेख गर्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077