काठमाडौं । ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति ठमेलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट श्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको छ ।
त्यस्तै उनीहरूको साथबाट ३ वटा मोबाइल फोन र २ वटा पासपोर्ट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।