Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रवि लामिछानेको कोर टिमका सदस्य थापा अमेरिकाबाट 'डिपोर्ट' !

रवि लामिछानेको कोर टिमका सदस्य थापा अमेरिकाबाट 'डिपोर्ट' !

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पूर्व केन्द्रीय सदस्य मोहनजंग थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ ।

ग्रिनकार्ड खारेज भएपछि थापा गत साउन २२ गते अमेरिकाबाट काठमाडौं फर्काइएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै अध्यागमन कार्यालयले थापालाई प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाएको थियो ।

थापालाई आवश्यक कागजपत्र तथा फारम भर्न लगाएर छाडिएको बताइएको छ । म्याग्दी घर भएका थापा लामिछानेका कोर टिमका सदस्य मानिन्छन् ।

उनी पाँच करोडभन्दा बढी रकम हुन्डीमार्फत पठाएको र तत्कालीन गृहमन्त्री लामिछानेको आडमा मन्त्री बनाउन करोडौंको डिल गरेको आरोपमा मुछिँदै आएका छन् ।

थापामाथि नेपाल र अमेरिका दुवैमा ठगी, फर्जी कागजात, नक्कली लाइसेन्स बनाउनेजस्ता गम्भीर मुद्दामा दोषी ठहर भइसकेको र अमेरिकामा ५० भन्दा बढी मुद्दा चलेको बताइन्छ । उनी पटक–पटक जेल पर्दै छुट्ने गरेका व्यक्ति हुन् ।

उनी पटक–पटक अमेरिकामा जेल परेका र नेपालमा पनि ठगी प्रकरणमा संलग्न भएको आरोप लागेको छ। उनले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरुसँग रकम असुल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077