Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ट्रम्प र पुटिनबीच अलास्कामा भेटवार्ता, छलफल सकारात्मक रहेको दाबी

ट्रम्प र पुटिनबीच अलास्कामा भेटवार्ता, छलफल सकारात्मक रहेको दाबी

शनिवार , श्रावण ३१, २०८२

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच अलास्कामा भेटवार्ता भएको छ । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा उनीहरूले लगभग तीन घण्टा छलफल गरेका हुन् ।

त्यसपछि दुई नेताले १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यस अवधिमा उनीहरूले पत्रकारका कुनै प्रश्नको जवाफ दिएनन् ।

पत्रकार सम्मेलनमा ट्रम्पले भने, 'मलाई लाग्छ हाम्रो बैठक धेरै सकारात्मक रह्यो। हामी धेरै बुँदाहरूमा सहमत भयौँ, तर कुनै सम्झौता भएन। अन्तिम रूप पाएपछि मात्र सम्झौता हुनेछ।'

पुटिनले भने, 'रुसको सुरक्षा मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ।' उनले अर्को बैठक मस्कोमा गर्न सुझाव दिए। आफ्नो कुरा राखेपछि दुवै नेता मञ्चबाट बाहिरिए।

पुटिन १० वर्षपछि शनिबार अमेरिका यात्रा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077