Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतका विदेशसचिव आइतबार नेपाल आउँदै

भारतका विदेशसचिव आइतबार नेपाल आउँदै

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । भारतका विदेशसचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका निम्ति आइतबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्रसचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा उनी काठमाडौं आउन लागेका हुन् ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै ‘कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यहाँ रहँदा भारतका विदेशसचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी सोमबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077