Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शेखर कोइरालाको आरोप - जहाँ खाली जग्गा, त्यहाँ एमालेको आँखा

शेखर कोइरालाको आरोप - जहाँ खाली जग्गा, त्यहाँ एमालेको आँखा

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमाले नेताकार्यकर्तामाथि राज्यका खाली जग्गा कब्जा गर्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि विधेयकमाथि टिप्पणी गर्दै कोइरालाले सो आरोप लगाएका हुन् ।

उनले भने, “एमाले जहाँ खाली जग्गा देख्छ, त्यहीँ आँखाले हेर्छ । गोकर्ण रिसोर्टदेखि राजा वीरेन्द्रको सम्पत्तिसम्म, लिचीबारी पोखरा र गिरीबन्धु टी इस्टेटसम्म जताततै एमालेकै हात देखिन्छ।”

उनले भूमि सुधार मन्त्री बलराम अधिकारीलाई समेत राजीनामा दिनुपर्ने माग उठाउँदै भने, “संघीय मामिला मन्त्री राजकुमार गुप्ता त राजीनामा गरिसक्नुभयो, तर भूमि सुधार मन्त्री भने जबरजस्ती कुर्सी समातेर बस्नुभएको छ । कास्की जिल्लाको एमाले कमिटीले पनि उहाँले राजीनामा दिनुपर्छ भनेको छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077