Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतका विदेश सचिवको आसनप्रति बस्नेतको टिप्पणी - सम्मानजनक व्यवहार मानिँदैन

भारतका विदेश सचिवको आसनप्रति बस्नेतको टिप्पणी - सम्मानजनक व्यवहार मानिँदैन

आइतवार , भाद्र १, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्रीसँग भेटका क्रममा अपनाएको आसनप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिरमा मिस्रीले खुट्टा चडाएर बसेको देखिएपछि बस्नेतले यसलाई नेपाल–भारत सम्बन्ध र कूटनीतिक मर्यादासँग मेल नखाने व्यवहार भनेका हुन् ।

उनले भने, “हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ। व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ।”

बस्नेतले कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताको भूमिका महत्वपूर्ण हुने भन्दै मित्रताको गहिराइ देखाउने मुख्य आधार नै आपसी सम्मान भएको स्मरण गराए । अहिले सामाजिक सञ्जालमा उक्त तस्विर भाइरल भइरहेको छ । उत्कृष्ट हेडलाइनहरु बनाउनुहोस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077